कंचनपुर माघ १४ गते
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–४ देवलहाटस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शिवदेवाल सहस्रलिंग शिवकुण्ड क्षेत्रमा महाशिवरात्रिको पावन अवसरमा भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।
उक्त शिवधाम धार्मिक, पौराणिक, पुरातात्त्विक, आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले मात्र नभई ऐतिहासिक पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ। पौराणिक किम्बदन्तीअनुसार परापूर्वकालमा पाण्डवहरू बनवासका क्रममा देवलहाट क्षेत्रमा आइपुगेका थिए। उनीहरूले यही स्थानमा एकै रातमा शिवलिङ्ग स्थापना गरी साधारण मानव शक्तिले हल्लाउन नसकिने ढुंगाहरू प्रयोग गरेर शिव मन्दिर निर्माण गरेको विश्वास रहिआएको छ।
आयोजकका अनुसार मिति २०८२ साल फाल्गुन ३ गते, हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि का अवसरमा शिवमन्दिरको प्राङ्गणमा परम्परादेखि चल्दै आएको शिवरात्रि मेला, किर्तन, पूजा–आजाको विशेष कार्यक्रम आयोजना गरिनेछ।
यस पावन अवसरमा सम्पूर्ण भक्तजनहरूलाई स–परिवार उपस्थित भई धार्मिक लाभ लिनुका साथै कार्यक्रमको शोभा बढाइदिन आयोजक पक्षले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमको आयोजना पञ्चदेवल शिव धाम तथा सप्तदेवल मन्दिर परिवार, दोगडाकेदार गाउँपालिका–४ देवलहाट, बैतडी ले गरेको हो।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।