कंचनपुर माघ २० गते
बैतडी ।सुदूरपश्चिम प्रदेश अन्तर्गत पहाडी जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नं. २ गेरडा स्थित धार्मिक धाममा प्रज्वलित अखण्डदीपले आज २०० दिन पूरा गरेको छ।

श्रावण १ गतेको सक्रान्तीदेखि निरन्तर प्रज्वलित उक्त अखण्डदीपले क्षेत्रको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्त्व बढाएको स्थानीय भक्तजनहरूले बताएका छ
अखण्डदीप प्रज्वलनसँगै यहाँ नियमित पूजा–अर्चना, भजन–कीर्तन तथा विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन हुँदै आएका छन्।
अखण्डदीप प्रज्वलनको २०० दिन पूरा भएसँगै अब फागुन ३ गते मनाइने महाशिवरात्री पर्वको तयारी तीव्र पारिएको छ। महाशिवरात्रीको अवसरमा विशेष पूजा, रुद्राभिषेक, रात्रिकालीन जाग्राम तथा भक्तजनहरूको व्यापक सहभागितामा विविध धार्मिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ।
स्थानीयवासीहरूका अनुसार यस धामले पछिल्लो समय धार्मिक पर्यटनको सम्भावना समेत बोकेको छ। महाशिवरात्री पर्वका अवसरमा छिमेकी गाउँहरू तथा जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
धार्मिक आस्था, सामाजिक एकता र शिवभक्तिको प्रतीकका रूपमा विकसित हुँदै गएको यस धाममा अखण्डदीप निरन्तर प्रज्वलित रहोस् भन्ने कामनासहित भक्तजनहरूले “जय शम्भो, हर हर महादेव” को उद्घोष गरिरहेका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।