कञ्चनपुर, माघ २८ गते
सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीमा बेदकोट नगरपालिकाका नवनियुक्त नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ।
नगरपालिकाद्वारा नियुक्त नगरप्रहरीहरूले आवश्यक तालिम पूरा गरेपछि आयोजित समारोहमार्फत उनीहरूलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि भोज राज बोहरा रहनु भयको थियो प्रमुख अतिथी लगायत विशिष्ट अतिथिहरूले नवप्रहरीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
समारोहमा बोल्दै वक्ताहरूले नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, ट्राफिक व्यवस्थापन सुदृढ बनाउन तथा नगरवासीलाई सुरक्षित वातावरण उपलब्ध गराउन नगरप्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले अनुशासन, इमान्दारिता र सेवाभावलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।
तालिम अवधिमा नवप्रहरीहरूलाई आधारभूत सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, ट्राफिक नियन्त्रण, कानुनी जानकारी तथा शारीरिक अभ्यास सम्बन्धी प्रशिक्षण प्रदान गरिएको जनाइएको छ।
दिक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका अधिकारी, बेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहरा उप प्रमुख तुलशी जोशी लगायत का जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।