कंचनपुर फागुन २ गते
शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपास बसोबास गर्दै आएका आरक्ष्य पीडित परिवारहरू यतिबेला निरन्तर त्रास र अन्यायको मारमा परिरहेका छन्।
काला गौरी क्षेत्र नजिकै ढक्का बस्तीमा पटक–पटक घर भत्काइने, नालीबाली नष्ट गरिने र मानवीय क्षति हुने घटनाहरू दोहोरिरहँदा पनि सरोकारवाला निकाय र स्थानीय नेतृत्व भने मुखदर्शक बनेका छन्।

स्थानीयका अनुसार वर्षौंदेखि आफूहरू आरक्ष्य पीडितको हैसियतमा वास्तविक पहिचान र पुनर्स्थापनाको माग गर्दै आएका छन्। तर समस्या समाधान गर्ने ठाउँमा पुग्नुपर्ने आवाज उल्टै चुनावी सभामा सीमित भएको गुनासो बढ्दो छ। “हाम्रो घर भत्किँदा, बाली नष्ट हुँदा कोही आउँदैन, तर चुनाव आउँदा सबै नेता घरदैलोमा पुग्छन्,” एक स्थानिय समासेबी हरिना देबि भट्टले पीडितको आक्रोश पोखेकि छन बरु पीडित परिवार्लाइ आफुले सहयोग गरेको बताइन

पीडित परिवारहरू भन्छन्—वन्यजन्तुको आक्रमण र आरक्ष विस्तारका नाममा विस्थापन भोगिरहँदा राज्यले स्पष्ट पुनर्स्थापना नीति, उचित क्षतिपूर्ति र सुरक्षित बसोबासको सुनिश्चितता गर्नुपर्ने हो। तर व्यवहारमा भने उनीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरिएको आरोप लगाइएको छ।

स्थानीय अगुवाहरूले वास्तविक आरक्ष्य पीडितको पहिचान गरी पारदर्शी रूपमा पुनर्स्थापना, क्षतिपूर्ति वितरण तथा दीर्घकालीन समाधानको माग गरेका छन्। “हामीलाई आश्वासन होइन, अधिकार चाहिएको हो,” उनीहरूको साझा भनाइ छ।
राजनीतिक नेतृत्वप्रति व्यङ्ग्य गर्दै स्थानीय युवाहरूले सामाजिक सञ्जालमा लेखेका छन्—“बधाई छ! पीडामाथि राजनीति गर्नेहरूलाई फेरि अर्को चुनावी मौसमको अवसर आएको छ।”
आरक्ष्य पीडितको आवाज सम्बोधन नगरी केवल भोट माग्ने थलो बनाइरहेको प्रवृत्तिले लोकतन्त्रप्रति नै प्रश्न उठाएको छ। अब पनि सम्बन्धित निकाय र नेतृत्व गम्भीर नबन्ने हो भने पीडितहरूको आक्रोश थप चर्किने संकेत देखिएको
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।