कञ्चनपुर, फाल्गुन ७ —
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित ज्योति इङलिस बोर्डिङ स्कुल गुलरिया मा आयोजित वार्षिक खेलकुद कार्यक्रम यस वर्ष विशेष उत्साह र गरिमामय वातावरणका बीच सम्पन्न भएको छ।
प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरसँगै आयोजना गरिएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा पुर्याइएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै एक सक्रिय खेलप्रेमी व्यक्तित्व बिमल खडा यतलाइ सम्मान गरिएको हो। खडायत करातेका वरिष्ठ प्रशिक्षक कुन उनले खेलकुद क्षेत्रमा निकै ठूलो योगदान पुर्याएका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद समिति कञ्चनपुर का अध्यक्ष श्री कुबेर खड्का तथा विशिष्ट अतिथि एन प्याब्सन कञ्चनपुर का अध्यक्ष श्री सत्यस बहादुर चन्द ले संयुक्त रूपमा दोसल्ला, सम्मान–पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। 
खडायत ले सम्मान ग्रहण गर्दै सम्बोधनमा खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तथा समुदायले खेलेको भूमिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको थियो। “खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्छ। विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र प्रवर्द्धन हुनु अत्यन्तै सकारात्मक पक्ष हो,” भनाइमा उल्लेख गरिएको थियो।
विद्यालय परिवारले समेत सम्मानित व्यक्तित्वको निरन्तर सक्रियता, खेलकुदप्रतिको समर्पण र युवा पुस्तामा सकारात्मक ऊर्जा जगाउने प्रयासको प्रशंसा गरेको छ। कार्यक्रममा विद्यार्थीहरूबीच विभिन्न खेल प्रतिस्पर्धा, मार्चपास, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण सम्पन्न भएको थियो।
प्रजातन्त्र दिवसको पावन अवसरमा गरिएको यो सम्मान कार्यक्रमले स्थानीय तहमा खेलकुद विकासप्रतिको प्रतिबद्धता अझ सशक्त बनाएको सहभागीहरूको भनाइ छ। विद्यालय परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै भविष्यमा पनि खेलकुद क्षेत्रको उन्नयनका लागि निरन्तर योगदान रहने प्रतिबद्धता जनाइएको छ।
