×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

अष्ट्रेलियामा धनगढीका १९ वर्षीय विद्यार्थीमाथि भीषण दुर्घटना, जीवन–मरणको संघर्षमा

महेन्द्रनगर, फागुन ३० — अध्ययन र रोजगारीको खोजीमा अष्ट्रेलिया पुगेका धनगढीका १९ वर्षीय निशान देव सिड्नीमा भएको भीषण दुर्घटनामा परेका छन्। गम्भीर घाइते भएका उनी अहिले जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्।
चार महिना अघि अध्ययनका लागि धनगढीबाट अष्ट्रेलियाको सिड्नी पुगेका निशान फेब्रुअरी १३ मा म्यास्कटस्थित एक क्याटरिङ कम्पनीमा किचन ह्यान्डको रूपमा काम गरिरहेका बेला दुर्घटनामा परेका हुन्। सामान ओसार्ने लिफ्ट बिग्रिएपछि इमर्जेन्सी बटन थिचेर सामान निकाल्ने प्रयास गर्दा करिब २५०० केजीभन्दा बढी तौलको लिफ्ट उनीमाथि खसेको थियो।


दुर्घटनाको क्षण सम्झिँदै निशानले भने, “करिब २५०० केजी तौलको लिफ्ट मेरो शरीरमाथि खस्यो। मेरो आधा शरीर लिफ्टभित्र र आधा बाहिर भयो। म बीचमै नराम्ररी थिचिएँ। लिफ्ट तलतल पेल्दा मेरा एङ्कलहरू पाँच–छ पटक घुमे र टुक्रा–टुक्रा भए।”
चिकित्सकका अनुसार दुर्घटनामा उनका १४ वटा करङ भाँचिएका छन् भने फोक्सोमा समेत प्वाल परेको छ। साथै दुवै खुट्टा र एङ्कल गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।
करिब एक महिना लामो अस्पताल उपचारपछि उनी सिड्नीस्थित सानो कोठामा फर्किएका छन्। तर अवस्था अझै नाजुक रहेको बताइएको छ। कोठामा हेरचाह गर्ने कोही नभएकाले दैनिक सामान्य कामकाज गर्नसमेत उनलाई कठिन भइरहेको छ।
निशान करिब ३५ लाख रुपैयाँ ऋण गरेर अष्ट्रेलिया पुगेका थिए। दुर्घटनापछि उनका अध्ययन कार्य पूर्ण रूपमा ठप्प भएको छ र उनले आफ्नो पढाइ ‘डिफर’ गर्न बाध्य भएका छन्। आमालाई अष्ट्रेलिया ल्याएर हेरचाह गराउन चाहेपनि आर्थिक अभावका कारण त्यो सम्भव हुन सकेको छैन।
यसैबीच, उनको उपचार र सहयोगका लागि एनआरएनए न्यु साउथ वेल्सको पहलमा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। इच्छुक व्यक्तिहरूले सहयोग गर्न सक्ने बताइएको छ।

Oplus_131072 लोक

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज