×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

कञ्चनपुर, — दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन चारलेन पक्की पुलको प्रगति तथा केही समयदेखि रोकिएको निर्माण

कार्य पुनः सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताको पहलमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित उक्त छलफलमा महाकाली पुल आयोजनाका निर्देशक थानेश्वर खत्री र निमित्त आयोजना प्रमुख नेत्र देवकोटा सहभागी थिए।

बैठकमा पुल निर्माणको हालसम्मको अवस्था, देखिएका प्राविधिक तथा प्रशासनिक अवरोधहरू, तथा ती समस्याहरू समाधान गरी कामलाई यथाशीघ्र अघि बढाउने उपायबारे विस्तृत विचार–विमर्श गरिएको थियो।


छलफलका क्रममा निर्माण कार्यलाई तीव्रता दिने, सम्बन्धित निकायबीच आवश्यक समन्वय बढाउने तथा तोकिएको समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।यसैबीच, पुल निर्माण क्षेत्र नजिकै महाकाली नदीले भुजेला खोलाको बहाव अवरुद्ध गर्दा भीमदत्त

नगरपालिका वडा नं. ११, १२ र १३ मा देखिएको डुबान समस्याप्रति पनि ध्यानाकर्षण गराइएको छ। सांसद महताले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी निकास व्यवस्थापन गर्न सुझाव दिएका छन्।
स्थानीय जनताको प्रत्यक्ष सरोकार जोडिएको यस महत्वपूर्ण पूर्वाधार आयोजनालाई शीघ्र अघि बढाउँदै सम्भावित विपद् जोखिम न्यूनीकरणमा समेत प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज