कञ्चनपुर, वैशाख ६— कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले चौधर नदीले स्थानीय बस्तीमा पुर्याउन सक्ने जोखिमबारे आइतबार स्थलगत अनुगमन गर्नुभएको छ।
नदी कटान र बाढीबाट हुनसक्ने सम्भावित क्षतिको अवस्थाबारे जानकारी लिँदै उहाँले जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

अनुगमनका क्रममा सांसद महताले आरक्ष क्षेत्रसँग जोडिएका बस्तीमा बर्सेनि दोहोरिँदै आएको जङ्गली हात्तीको समस्याबारे पनि स्थानीयसँग छलफल गर्नुभयो। उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताउनुभयो

त्यसैगरी, भिमदत्त नगरपालिकाका विभिन्न वडामा पुगेर सांसद महता स्थानीय बासिन्दासँग निरन्तर संवादमा जुट्नुभएको छ। जनताका गुनासा, समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी संकलन गर्दै उहाँ समाधानमुखी पहलमा सक्रिय रहनुभएको छ।
स्थानीयवासीहरूले सांसद महताको सक्रियता र चासोप्रति आभार व्यक्त गर्दै समस्या समाधानमा प्रभावकारी कदम चालिने अपेक्षा गरेका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।