। बेदकोट–५ धरमपुरमा मामा घरमा बस्दै आएका तपेन्द्र भण्डारीमाथि स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्।
स्थानीयका अनुसार बुधबार पोल्खरी स्थित चौधर नदीको तटीय क्षेत्रमा फुटबल खेल्ने क्रममा बालक बल लिन नाथको करेसाबारीमा पुगेका थिए। सोही क्रममा तरबुजा चोर्न आएको आशंकामा नाथले बालकको दुवै हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा नाथले “यसलाई मार्छु, बरु जेल जान्छु” भन्दै धम्की दिएको सुनिन्छ। बालकका आमाबाबु भारतमा रहेकाले उनको हेरचाह मामाघरकी बज्यैले गर्दै आएकी छिन्।
बालकमाथि कुटपिट गर्ने भोज नाथ विरुद्ध ज्यान कसुरमा मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले घटनामा संलग्न सबैमाथि कानुनी कारबाही हुने बताएका छन्।
बालकले चोरी गरेकै भए पनि क्षति पूर्ति जस्ता वैधानिक उपाय हुँदाहुँदै अमानवीय व्यवहार गर्नु निन्दनीय र असह्य भएको भन्दै स्थानीयहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।