कञ्चनपुर वैशाख २० गते
कञ्चनपुरको बेदकोट नगरपालिका डिजिटल युगतर्फनिर्णायक कदम चाल्दै एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ।
चैत्र २८ गतेदेखि सुरु भए
को डिजिटल मार्केटिङ तालिम वैशाख २० गते भव्य रूपमा सम्पन्न भएको छ।तालिमको अन्तिम दिन सहभागीहरूले एक महिनासम्म सिकेका सीपहरूको उत्कृष्ट प्रस्तुति दिएका थिए
जसले उनीहरूको आत्मविश्वास र व्यावहारिक क्षमताको झल्को दिएको थियो। प्रशिक्षक गणेश जोशी र गङ्गा दत्त जोशीले डिजिटल मार्केटिङका विविध आयामहरूमा गहिरो ज्ञान प्रदान गर्दै सहभागीहरूलाई व्यवसायिक रूपमा सक्षम बनाएका थिए।




