वैशाख २८ गते
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट सरकारी बिदाको दिन सरकारी
डीको दुरुपयोग गर्दै हिँडिरहेको अवस्थामा भ्रष्टाचारविरुद्धका अभियान्ता नरेश भट्ट ले सडकमै रोकेर प्रश्न गरेका छन्।
्आइतबार सार्वजनिक बिदाको दिन अनुमति नै नलिई सरकारी सवारी साधन प्रयोग गरिएको भन्दै घटनाले स्थानीय तहको सरकारी सम्पत्तिको दुरुपयोगबारे फेरि प्रश्न उठाएको छ। प्रत्यक्षदर्शीका अनुसार अभियान्ता भट्टले सडकमै गाडी रोकेर “कुन प्रयोजनका लागि सरकारी गाडी प्रयोग गरिएको हो ?” भन्दै प्रमुख प्रशासकीय अधिकृत बिष्टसँग जवाफ मागेका थिए।
घटनापछि उक्त विषय सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। सरकारी स्रोत–साधन जनताको करबाट सञ्चालन हुने भएकाले व्यक्तिगत वा गैरआधिकारिक प्रयोजनमा प्रयोग गर्नु गम्भीर नैतिक प्रश्न भएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।
शुक्लाफाँटा नगरपालिकाभित्र पछिल्लो समय आर्थिक पारदर्शिता, प्रशासनिक जिम्मेवारी र सरकारी सम्पत्तिको प्रयोगबारे विभिन्न प्रश्न उठिरहेका बेला यो घटनाले थप तरंग पैदा गरेको छ।