वर्षाले छेक्न नसकेको क्रिकेट जोश—कञ्चनपुरमा खेलाडीहरूको शानदार प्रदर्शनले मैदान ततायो!

प्रकाशित:

कञ्चनपुर जेष्ठ २९ गते

हेमा भट्ट,
कञ्चनपुर- श्री होली फेम्ली इङ्गलिस मिडियम स्कुलकजवाफमा महेन्द्रनगर नमूना मा.वि ले लक्ष्य पछ्याउने क्रममा केही समय संघर्ष गरे पनि ११.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो केशव चन्दले ४ विकेट र स्वयम् भट्टले ३ विकेट लिएर खेललाई रोचक बनाए पनि अन्त्यमा पुष्पराज थापाको संयमित १८ रनको योगदान निर्णायक बन्यो र टोली १ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो दोस्रो खेलमा वात्सल्य विद्या निकेतनले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै १५ ओभरमा ६ विकेट गुमाएर १०६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍योमानब विष्टले ३१ रन (२५ बल) को आक्रामक इनिङ्स खेल्दा अनुप जोशीले २० रन (२१ बल) को महत्वपूर्ण योगदान दिए।कञ्चनजङ्गा इङ्गलिस बोर्डिङका बलर रोशन साउदले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए पनि विपक्षीको रन गति रोक्न सकेनन्। १०७ रनको लक्ष्य पछ्याउन उत्रिएको कञ्चनजङ्गा टोली भने १४ ओभरमै ७३ रनमा समेटियो। गौरव मल्लले २१ रन बनाउँदै संघर्ष गरे पनि अन्य ब्याटरले निरन्तर विकेट गुमाउँदा टोली दबाबमा पर्‍यो।वात्सल्य विद्या निकेतनका बलर हिमाल पन्त खेलको हिरो बने। उनले ३ ओभरमा २ मेडनसहित मात्र १ रन खर्चेर ४ विकेट लिँदै विपक्षी ब्याटिङलाई लगभग एक्लै ध्वस्त पारे। उनको घातक बलिङका कारण वात्सल्यले ३३ रनको सहज जित निकाल्दै समूह चरणमा महत्वपूर्ण अंक जोड्यो

प्रतियोगिताको समूह चरणतर्फको समीकरण पनि रोचक बनेको छ। समूह ‘A’ बाट श्री महाकाली सेकेन्ड्री स्कुल र होली फेम्ली इङ्गलिस मिडियम स्कुलले सेमिफाइनल यात्रा सुनिश्चित गरिसकेका छन्।समूह ‘C’ बाट पनि एक टोलीले सेमिफाइनल स्थान सुरक्षित गरिसकेको छ भने समूह ‘B’ र समूह ‘D’ का अन्तिम खेलहरूले भोलि बाँकी दुई सेमिफाइनल टोलीको टुंगो लगाउनेछन्। आयोजकका अनुसार आगामी खेलहरू अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। “अब सेमिफाइनल पुग्ने होड झन् रोमाञ्चक हुनेछ,” एक प्रशिक्षकले बताए। उनका अनुसार खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको र प्रत्येक टोली जितका लागि अन्तिमसम्म संघर्ष गर्न तयार देखिएका छन्। दर्शकहरूको उपस्थिति पनि दिनप्रतिदिन बढ्दै गएको छ। स्थानीय अभिभावक, विद्यार्थी र खेलप्रेमीहरूले मैदानमा उपस्थित भएर खेलाडीहरूलाई हौसला दिइरहेका छन्। वर्षाका बीच पनि खेलप्रतिको आकर्षण घट्नुको सट्टा झन् बढेको आयोजकहरूको भनाइ छ।यसरी वर्षाले केही समय बाधा पुर्‍याए पनि कञ्चनपुर अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ उत्साह, प्रतिस्पर्धा र प्रतिभा प्रदर्शनको उत्कृष्ट मञ्चका रूपमा अघि बढिरहेको छ।

अब सबैको ध्यान सेमिफाइनल समीकरण र अन्तिम विजेतातर्फ केन्द्रित भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार