विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

प्रकाशित:

त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्।

‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार