सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज केसिले प्रतिष्ठानलाई आर्थिक सहयोग

प्रकाशित:

जेठ २१ रामेछाप। सक्षम स्मृति प्रतिष्ठानले संचालनमा ल्याएकाे सुनापति गाउँपालिकाभित्र संकट व्यवस्थापन अभियानमा योङ्ग कम्युनिष्ट लिग वाईसीएल नेपाल बग्मती प्रदेश लेखा आयोग सदस्य एवं सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज सुदिप केसिले ७,७९९  आर्थिक सहयोग गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितकाे कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर सुनापति गाउँपालिकाभित्र दिनप्रतिदिन आक्रान्त फैलिएपछि गाउँपालिकाभित्रका पाँचै वटा वडामा  आइपर्ने संकट र समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले संचालनमा ल्याएकाे सक्षम स्मृति प्रतिष्ठानको अभियानमा बिहीबार केसीले ७ हजार ७९९ रुपैया आर्थिक सहयाेग गरेका प्रतिष्ठानका अध्यक्ष प्रबिण कुमार तामाङले सुनापति न्युजलाई जानकारी दिनुभयो ।

सुनापति गाउँपालिका २,दिमिपोखरी घर भएका केसीले सहिद सक्षमको सपना भित्र पर्ने बताउदै चाहे बनपाखा होस, चाहे पानी पधेरो होस, आफू संगै गाउँ घरमा हिजोका दिनमा हिडिरहेको याद आईरहने भएकोले सहिद सक्षम को सपना भित्रको थुप्रै गर्नु पर्ने कामहरु छन ।त्यसैले विषम परिस्थितिमा गाउँपालिकाभित्रकै नागरिक बचाउनको लागि  सबैले सहयोग गर्नु पर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार