मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।  

 “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । 

हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री  र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

[adsforwp id="2728"]
[adsforwp id="2730"]
[adsforwp id="2732"]
[adsforwp id="2734"]

छुटाउनुभयो कि ?

वर्षाले छेक्न नसकेको क्रिकेट जोश—कञ्चनपुरमा खेलाडीहरूको शानदार प्रदर्शनले मैदान ततायो!

कञ्चनपुर जेष्ठ २९ गते हेमा भट्ट, कञ्चनपुर- श्री होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा कञ्चनपुर क्रिकेट संघद्वारा आयोज...

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

  हेमा भट्ट कञ्चनपुर, ०८ जेठ - भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार स...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज