बैतडीको पाटन बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

प्रकाशित:

किरन चन्द, बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका हुन् । अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको थियो ।
सभापतिमा भण्डारी १०५ मतका साथ विजयी भएक हुन् । भने उनका प्रतिस्पर्धि जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ मत, नेविसंघका माधवी भट्टले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भण्डारीले जानकारी दिए ।

सचिवमा अखिल क्रान्तिकारीका प्रकाश भट्ट विजयी भएका छन् । उनले ९२ मत प्राप्त गरे भने उनका निकतम प्रतिस्पर्धी जनजागरणकी कमला भट्टराईले ५६ मत ल्याइन । त्यसैगरी नेवि संघका चाहना विष्टले २६ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका गजेन्द्र चुनाराले १०७ मत ल्याउदै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी जनजागरणका दिनेश भट्टले ४९ मत ल्याए । त्यसैगरी नेवि संघका उमेदवार कौशिला साउदले १२ मत मात्रै ल्याए ।
त्यस्तै सदस्यमा सन्तोश जोशी १०४, यमुना पेला ९५, कविता कुमारी महरा ९५ र यशोदा ऐरी ९४ मतका साथ बिजयी भएका हुन । पाटन बहुमुखी क्याम्पसमा १८१ मत खसेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार