भीमदत्तमा सामी कार्यक्रमको आयोजना

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार पालिकाको रोजगार सेवा केन्द्रले न्यायिक समिति र वडाका मेलमिलापकर्ताहरु सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका सभापती नगरपालिकाका उपमेयर तथा न्यायिक समिती संयोजक निलम लेखक जोशी रहनुभएको थियो भने प्रमुख अतिथी भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी रहनुभएको थियो ।

रोजगार सेवा केन्द्रका संयोजक कृष्ण बहादुर चन्दले, गत पुष महिनादेखि भीमदत्त नगरपालकामा सामी कार्यक्रम लागुभएको बताउनुभयो । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने नारासहित अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । विषेश गरि विदेशमा रहनुभएका युवायुवती र विदेश जानेहरुलाई यस कार्यक्रम मार्फत सुझाव सल्लाह र परामर्श दिइदै आएको छ । यसैगरि मनोसामाजिक परामर्शदाताहरुले वैदेशीक रोजगारीका लागी जान चाहनेहरुलाई घरघरमा गएर परामर्श गर्दे आएको रोजगार संयोजक चन्दले बताउनुभयो । रोजगार सेवा केन्द्रले वैदेशीक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका परिवारलाई क्षतिपुर्तिका लागी सिफारिस पनी गर्दे आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार