कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

प्रकाशित:

महेन्द्रनगर – कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सुनचाँदी व्यवसाय गरीरहेका व्यवसायी शुक्रबार सदरमुकाम महेन्द्रनगरमा आउन लागेका छन् । उनीहरुले महेन्द्रनगर बजारमा आफ्नो शक्ति प्रदर्शन गर्ने जनाईएको छ । सुनमा लगाईएको कर खारेजी सहितका विभिन्न माग राखेर असार १३ गतेदेखि आफ्ना व्यवसाय समेत बन्द गरी आन्दोलन गरीरहेका उनीहरुले जेठ ३० गते बजारमा ¥याली गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । शुक्रबार महेन्द्रनगर बजारमा व्यवसायीहरुले बृहत प्रदर्शन सहित ¥याली आयोजना गर्ने तयारी गरिएको छ । उद्योग बाणिज्य संघ कञ्चनपुरले उनीहरुको आन्दोलनमा ऐकिवद्धता जनाएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै उद्योग बाणिज्य संघ कञ्चनपुरले पनि ऐकिबद्धता जनाएको हो ।
कारोबार ठप्प पारेका उनीहरु आफना माग पूरा गराउन सरकारलाई दबाव दिन शुक्रबार प्रदर्शन गर्न लागेका हुन् । ‘अहिले हामी हाम्रो व्यापार व्यवसाय कारोबार सबै बन्द गरेका छौ, हाम्रो माग पूरा गराउन सरकारलाई दबाव दिँदै आएका छौ, त्यसै क्रममा शुक्रबार जिल्लाभरका व्यवसायी सहभागी भएर बृहत ¥याली आयोजना गरेका छौ’ कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष एव जिल्ला संघर्ष समिति संयोजक सुरत बहादुर सुनारले भने ।

अध्यक्ष सुनारका अनुसार ¥याली बजार परिक्रमा गरी मदनचोकमा कोण सभा गरी समापन हुने कार्यक्रम छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासित र हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर व्यवसायीहरु आन्दोलित भएका छन् । तर सरकारले भने देशलाई ग्रेलिष्टबाट हटाउनका लागि विलासिताका बस्तुमा सो कर लगाईएको उल्लेख गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार