महेन्द्रनगर–नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी कञ्चनपुरले माउ पार्टि माओवादी केन्द्रसंग अन्तरक्रिया गरेको छ । मंगलबार पाटी र विद्यार्थी संगठनविच स्ववियु निर्वाचन बारे छलफल, अन्तरकृया भएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल ब. धामी(अबिरल)ले बताए । आगामी १४ साउनमा हुने सुपविको स्ववियु निर्वाचनलार्य लक्षीत गरी उक्त कार्यक्रमको आयोजना गरीएको उनले बताए ।

ओवादी केन्द्रका नेताहरुले अखिल क्रान्तिकारीलाई विद्यार्थीको हकहितका साथै सुपविभित्र रहेका शैक्षिक बिकृती बिरुद्ध शसक्त भएर संघर्ष गर्दै विश्वविद्यालय सुधारोन्मुख बनाउन केन्द्रीत हुनुपर्नेमा जोडदिए । नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल, संसदीय दलका नेता खगराज भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, संविधान सभा सदस्य कमल क्षेत्री(हरिस ठकुल्ला), जिल्ला इन्चार्ज समेत रहेका संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, केन्द्रीय सदस्य माया नेगी, गोबिन्द विक, पुर्वमन्त्री मान बहादुर सिह सहितका नेताहरुले विद्यार्थीलाई चुनावका लागि राम्रो तयारी गर्न निर्देशन दिएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका एजेण्डा अघि सारेर शसक्त रुपमा चुनावमा होमिने बताए । कार्यक्रममा उनले उम्मेदवार छनौटदेखि प्रचारप्रसारका कार्यक्रम निरन्तरता दिने बताए । ‘अखिल क्रान्तिकारी जहिल्यै चुनाव भए हामी तयार छौँ, ‘उनले भने, ‘चुनावका लागि क्रान्तिकारी तयारीमा लागेको छ, हाम्रो ध्यान उम्मेदवार छनौटदेखि प्रचारप्रसारमा छ ।’
