बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा ६ जना जुवाडेसहित नगद रुपयाँ बरामद गरीएको छ । शनिबार दिउसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. १८ बागवाणि चोकस्थित विक्रम पुनको घरमा जुवा तास खेलीरहेका ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका प्रबक्ता एवं डिएसपि सागर बोहराले जानकारी दिए । गोप्य सूचनाको आधारमा पुनको घरमा खोजतलासी गर्नेक्रममा जुवाखालमा जुवातास खेलिरहेको अवस्थामै उनीहरुलाई पक्राउ गरीएको प्रहरीस्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट ६ गड्डी तास र नगद रु १३ हजार ९७५ फेलापारी बरामद गरीएको प्रबक्ता बोहराले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार