लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

प्रकाशित:

महेन्द्रनगर । लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए । यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए ।
शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए ।
स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ ।
स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी , व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले गरेका थिए भने , कार्यक्रमका विशिष्ट अतिथि लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहेका थिए ।
शिविरबाट पशुहरुको उपचारका लागि किसानहरुलाई औषधि वितरण समेत गरिएको जनाइएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार