राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महत्ताद्वारा पत्रकार महासंघका अध्यक्ष सुरेश धामीलाई आर्थिक सहयोग

प्रकाशित:

राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका  युवा नेताले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । रास्वपा विज्ञान, सञ्चार तथा सुचना प्रविधी विभाग केन्द्रीय सचिव ज्ञानेन्द्र सिह महताले पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीको उपचारका लागि नगद ५ हजार सहयोग गरेका हुन ।

महताले आइतबार धामीको प्रभु बैंकको खातामा रकम ट्रान्र्सफर गरेका छन । संचारउद्यमी समेत रहेका महताले संकटको घडीमा उपचारमा टेवा मानविय सेवाका लागि सक्दो उपचार खर्च सहयोग गरेको बताए ।   महता ले सामाजिक क्षेत्रमा सहयोग गर्ने व्यक्ति हुन्। यसअघि पत्रकारिता गर्दै आउनुभएका महता  हाल पत्रकारिता  छोडेर राजनीतिमा सक्रिय र समाजसेवामा व्यस्त छन्। यस पूर्व पत्रकार डिल्लीराज पन्तलाई पनि उपचारका लागि आर्थिक सहयोग गर्नु भएको थियो। विभिन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आउनु भएका महता सामाजिक कार्यमा अग्र स्थानमा रहनुभएको छ। पत्रकार धामीको  भारत को  गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।  धामीको उपचारका लागि ठुलो धनराशी खर्च हुने, भएको ले सहयोगका लागि अपिल गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार