परेन उम्मेदवारी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा

प्रकाशित:

 

महेन्द्रनगर  – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेले महाधिबेशन प्रतिनिधि छनौट गरीरहेको हो । यहि क्रममा निर्वाचन क्षेत्र नं. ३ बाट दलित कलष्टरबाट महिला र पुरुष गरी दुई जना प्रतिनिधि छनौट गरिन लागेकोमा दलित महिला कोटामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी विकले उमेदवारी दिईन् । उनका विरुद्धमा कुनै पनि उमेदवारी परेको छैन् । उनी निविरोध प्रतिनिधि चयन हुनेमा दुईमत छैन ।
एमाले पार्टी कार्यालयमा दलित क्लष्टरको निर्वाचन कमिटीका अनुसार महिलामा विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित छ । पुरुषमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण सुनारले जानकारी दिए । भारमल सुनार र आरपी सार्कीले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी फिर्ताको समय मंसिर ११ गते दिउसो३ बजेसम्म रहेको छ । यदि उक्त समयसम्म सहमति भएर कुनै एक उमेदवारले उमेदवारी फिर्ता लिएको खण्डमा निर्विरोध हुने सम्भावना रहेको छ भने सहमति नभएको खण्डमा निर्वाचनबाट प्रतिनिधिको टुङ्गो लाग्ने देखिन्छ । उनीहरु दुबै पुनर्वास नगरपालिकाका हुन् ।
एमालेको महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड अनुसार कञ्चनपुर जिल्लाभरका दलित सदस्यका लागि एमाले पार्टी कार्यालयमा निर्वाचन कार्यालय राखिएको छ । जिल्लाभर ७ सय ५१ दलित समुदायबाट सक्रिय सदस्य छन् । उनीहरु मतदानमा सहभागी हुन पाउने छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले पुरुषमा निर्विरोधका लागि छलफल थालिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार