कंचनपुर–२ मा एमालेका ५ महाधिवेशन प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी

प्रकाशित:

महेन्द्रनगर । आगामी नेकपा (एमाले) महाधिवेशनका लागि कंचनपुर क्षेत्र नं.–२ बाट प्रतिनिधि चयन प्रक्रियामा १६ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन कमिटीले बुधबार साँझ सार्वजनिक गरेको प्रारम्भिक सूचिअनुसार यस क्षेत्रमा खुला र युवा दुवै तर्फ सबैभन्दा धेरै–६/६ जनाले उम्मेदवारी दिएका छन्।

क्षेत्र नं.–२ बाट कुल ५ महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। खुलातर्फ २ जना, महिलातर्फ २ जना र युवातर्फ १ जना प्रतिनिधि चयन हुने निर्वाचन व्यवस्थापकीय समितिले जानकारी दिएको छ।

खुला तर्फका उम्मेदवार
बचनबहादुर सिंह, रणबहादुर महरा, लोकेन्द्र पन्त, लोकेन्द्र ऐरी, कर्णबहादुर हमाल र अशोक कुमार चन्द।

महिला तर्फका उम्मेदवार
पार्वती जोशी, सुशिला सिंह, रमिता राना र लक्ष्मी बुढा।

युवा तर्फका उम्मेदवार
प्रविन बोगटी, गणेशसिंह ऐरी, रमेश भट्ट, कुबेर खड्का, नरेशबहादुर सिंह र शान्ति मल्ल।

निर्वाचन समितिका अनुसार आवश्यक प्रकृया पूरा भएपछि अन्तिम उमेदवारी सूची सार्वजनिक गरिनेछ।

ताजा समाचार

सम्बन्धित समाचार