कञ्चनपुर, नेकपा एमाले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा तिव्रता

प्रकाशित:

कञ्चनपुर । आगामी मंसिर २७ देखि २९ गतेकाठमाडौंमा हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तिव्र बनेको छ। जिल्लाभर आकांक्षीहरूको भीड बढ्दै जाँदा आन्तरिक राजनीतिक सरगर्मी अझ चर्किएको छ।

क्षेत्र नं. ३ : महिलातर्फ चिनी गिरी निर्बिरोध
क्षेत्र नं. ३ मा महिलातर्फ चिनी गिरी मात्र निर्बिरोध बनेकी छन्। अन्य पदतर्फ भने आकांक्षीहरूको प्रतिस्पर्धा बढ्दै गइरहेको छ। उपाध्यक्षदेखि युवा पुस्तासम्म ठूलो संख्यामा नेता कार्यकर्ताले आकांक्षा जनाएको पार्टी स्रोतले जनाएको छ।

क्षेत्र नं. १ : वरिष्ठदेखि युवा तथा महिलासम्म भीड
क्षेत्र नं. १ मा सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीरबहादुर थापा (पातल), एमाले जिल्ला सचिव पल्लवराज भट्ट, पूर्व जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ, लालबहादुर चौधरीसहित वरिष्ठ नेतादेखि महिला तथा युवा दुवै तर्फ आकांक्षीको चहलपहल बढेको छ।
महिलातर्फ पूर्णकुमारी गुरुङ, शान्ति तामाङ, कल्पना गिरी, कमला चौधरी तथा युवातर्फ सुरेन्द्र शाही, कमल कुमार रोकाया र काशीराम बोहरा प्रतिस्पर्धामा छन्।
क्षेत्र नं. १ का युवा नेता शंकर भट्टका अनुसार सहमतिमार्फत् महाधिवेशन प्रतिनिधि टुंग्याउने प्रयास जारी छ।

क्षेत्र नं. २ : उल्लेख्य संख्यामा आकांक्षी
क्षेत्र नं. २ मा पनि आकांक्षीहरूको भीड उत्तिकै छ। युवा नेता जगत सिंहका अनुसार जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपसचिव अशोक चन्द, गणेश सिंह ऐरी, जगत बचन बहादुर सिंह, लोकराज पन्त, लोकेन्द्र ऐरी, कर्ण बहादुर हमाल, सुशिला सिंह, पार्वती जोशी, लक्ष्मी विक, कुबेर खड्का, रमेश भट्ट, नरेश सिंह र सानु मल्ललगायतले उम्मेदवारी दिएका छन्।

क्षेत्र नं. ३ : नेतृत्वदेखि युवासम्म प्रतिस्पर्धा
क्षेत्र नं. ३ मा पार्टी उपाध्यक्ष जनकराज अवस्थी, महेश प्रसाद पन्त, किशोर कुमार लिम्बु, विष्णु कँडेल, ओम बस्नेत, केशव चन्द, श्याम भट्ट, नरेन्द्र कार्की र ओमकार पन्तलगायत आकांक्षी प्रतिस्पर्धामा छन्।

शनिबार एकैसाथ प्रतिनिधि छनोट
जिल्लाका तीनै क्षेत्रमा आकांक्षीको चाप बढेकाले विविधता, अनुभव र समावेशितालाई प्राथमिकतामा राख्दै शनिबार एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गरिने तयारी गरिएको छ।

मुख्य नारा : ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प’
यस पटकको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको छ। यो नाराले संगठनलाई अझ एकताबद्ध बनाउँदै आगामी राजनीतिक यात्रालाई सशक्त बनाउन लक्ष्य लिएको एमाले नेतृत्वले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार