कञ्चनपुर
महेन्द्रनगर–बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ बेलडाँडी गाँउबासीका समस्या, पिडा बुझ्न घरदैलोमा पुग्ने गरेकी छन् । अधिकांस नेताकार्यकर्तामा निर्वाचित भएपछि मतदाता र आम नागरीकतर्फ फर्केर नहेर्ने÷नआउने परम्परा नै छ । तर विगत बर्षौदेखि समाजसेवामा खटिदै आएकी उपाध्यक्ष नाथ जनप्रतिनिधि भएदेखि नै पालिकाभित्रका स्थानीयका घरदैलोमा पुगिरहेकी हुन् । उनी कहिले अपांगता भएका मानिसहरुलाई सहयोग गर्न पुग्छन् त कहिले भारतमा बेचिएका निर्दोष महिलाहरुको उद्धारमा खटिन्छन् । उनको समाजीक कार्य दिनहुको समयतालिका बनिरहेको छ । पछिल्लो केहिदिन देखि दुख पिडामा रहेका स्थानीयका पिडा बुझ्न उपाध्यक्ष नाथ वडा नं. १ र २ मा घरदैलो चहारी रहेकी छन् । आफुले र पालिकाले समाधान गर्न सकिने समस्या छन् भने उक्त समस्या समाधान गर्न आफै सरिक हुनेगर्छन् । भने अन्य निकायबाट समाधान गर्नुपर्ने समस्या छन् भने भनसुन र सल्लाह तथा पहल गरिदिन्छन् । उनले आमाबुवा नभएका टुहुरा बालबालिकाको गासबासका लागि र शिक्षामा पहुच पु¥याउने उदेश्यले बेलडाडी गाँउपालिकाबाट बजेट विनियोजन गराएकी छन् । उक्त बजेटबाट टुहुरा बालबालिकालाई चिसोका कपडा वितरण गर्नका लागि उनले पालिकाभित्र रहेका विभिन्न गाउँटोलमा चहारी टुहुरा बालबालिका खोजिरहेकी छन् । उनी पुगेको ठाँउमा अधिकांस बालबालिकाका जन्मदर्ता नहुनुका साथै विद्यालयसमेत नजाने गरेको समस्या भेटिएको उपाध्यक्ष नाथ बताउछन् ।
उनले आमाबुबा नभएका बालबालिकाहरुलाई घरदैलो मै गई पालिकाले छुट्टाएको उक्त बजेटको सदुपयोग गर्न प्रोत्साहन गरीरहेकी छन् । त्यही क्रममा विहिबार पनि उपाध्यक्ष नाथ बेलडाँडी गाउपालिका वडा नं. २ मा गएकी छन् । उपाध्यक्ष नाथ गाउघरमा पुग्दा स्थानीयहरु सहजरुपमा आफ्ना पिडा, समस्या राख्ने गरेको उनी बताउछन् । घरपरिवारकै सदस्यसंग समस्या राखेझै गरी स्थानीयहरु नाथसंग आफना समस्या र मनका व्यथा सुनाउने गर्छन् । स्थानीयहरु जन्मदर्ता, नागरीकता र गासबास शिक्षा स्वास्थ्यलगायतका आधारभूत समस्या समाधान गरीदिन उपाध्यक्ष नाथलाई अनुरोध गर्दछन् । कानुनीरुपमा(कागजात र प्रक्रिया) समस्या भएमा त्यसका लागि पनि उपाध्यक्ष नाथले सल्लाह सुझाव दिनुका साथै गाईड समेत गर्छन् ।
गाउँघरमा धेरै जसो मानिस जन्मदर्ता देखि नागरीकता बनाउने पक्रिया नजानेर राज्यबाट पाउने सेवासुविधा बाट नै बन्चित रहेको उपाध्यक्ष नाथले बताईन् । बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले महिला, बालबालिका, अपांगता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरीकहरुका लागि सहरा र सारथी बनिरहेकी छन् । गाउँघरमा उनको लोकप्रियता बढिरहेको छ । स्थानीयहरुको घरदैलोमै पुगि स्थानीयका समस्यासमाधानमा सारथी बनिरहेको देख्दा स्थानीय दंग पर्नेगरेका छन् ।