⇒शीर्षक: सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा रक्त क्यान्सर पीडित कैलालीका युवकको उद्धार, उपचारका लागि नेपाल पठाइयो
कञ्चनपुर, मंसिर १६– मृत्युसँग लडिरहेका कैलालीका जगत साउदको सुदूरपश्चिमेली नेपाली समाज यूएईले उद्धार गरी उपचारका लागि नेपाल पठाएको छ।
सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला बौनियाका २३ वर्षीय साउद रोजगारीको सिलसिलामा खाडी मुलुक यूएई पुगेका थिए। अवैधानिक रूपमा अबुधाबीमा बस्दै आएका उनलाई रक्त क्यान्सर भएको र कलेजो पूर्ण रूपमा क्षति पुगेको अवस्थामा अबुधाबीस्थित बुर्जील अस्पतालमा उपचार भइरहेकाे समयमा उद्धार गरिएको हो।
उपचार खर्चको अभावमा जीवन-मृत्युको दोसाँधमा पुगेका साउदलाई सुदूरपश्चिमेली नेपाली समाज यूएईको सहयोगमा नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको संस्थाका अध्यक्ष प्रकाश दत्त बडुले जानकारी दिए।
समाजले आर्थिक सहयोग अभियान सञ्चालन गरी आवश्यक रकम जुटाइ नेपाल पठाएको जानकारी दिंदै साउदका आफन्तहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
विगतदेखि नै यूएईमा समस्यामा परेका सुदूरपश्चिमेलीहरूलाई सहयोग पुर्याउँदै आएको समाजले पीडित युवकका लागि विभिन्न स्थानमा सहयोग अभियान सञ्चालन गरेको र संकलित रकम चाँडै सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने अध्यक्ष बडुले बताए।
अध्यक्ष बडुको सामाजिक सेवाप्रति देश–विदेशका विभिन्न संघ–संस्था तथा सहयोगी दाताहरूले प्रशंसा व्यक्त गर्दै उनलाई ‘मानविय सहयोगी मन’ भएका व्यक्तित्वका रूपमा व्याख्या गरेका छन्।
दुःख परेको बेला प्राप्त आर्थिक, सामाजिक, मानसिक तथा पारिवारिक सहयोग किसीले पनि नबिर्सने उल्लेख गर्दै, समस्या भोगिरहेका व्यक्तिहरूलाई मानवताको नाताले सकेसम्म सहयोग गर्नुपर्ने धारणा अध्यक्ष बडुले व्यक्त गरेका
सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा रक्त क्यान्सर पीडित कैलालीका युवकको उद्धार, उपचारका लागि नेपाल पठाइयो
प्रकाशित:
