कंचनपुर
काठमाडौं :- नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि भव्य रूपमा सुरु हुँदैछ। नयाँ केन्द्रीय संरचना र नेतृत्व चयनका लागि ऐतिहासिक मानिँदै आएको यो महाधिवेशनमार्फत अध्यक्षसहित २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिँदैछ, जसले पार्टीको रणनीतिक दिशा, संगठन सुदृढीकरण र आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्नेछ।
सातै प्रदेश तथा ७७ वटै जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू काठमाडौंमा भेला भइसकेका छन्। जेन-जी पुस्ताको माग, पार्टी सुधार, आन्तरिक व्यवस्थापन र नीतिगत पुनर्संरचना यसपटकको प्रमुख एजेन्डा रहने संकेत एमाले नेतृत्वले दिएको छ।
सुदूरपश्चिम नेतृत्वमा लेखराज भट्ट ‘सर्वसम्मत’ रूपमा अघि सारिने तयारी
महाधिवेशनको अग्रभागमै सुदूरपश्चिम प्रदेश नेतृत्वको बहस बलियो रूपमा उठिरहेको छ। प्रदेश इन्चार्ज लेखराज भट्टलाई यसपटक केन्द्रीय पदाधिकारीमा सर्वसम्मत रूपमा अघि सार्ने तयारी भइरहेको एमाले स्रोतहरू बताउँछन्।
प्रदेशभरिका प्रतिनिधिहरू, कार्यकर्ता र नेताहरूबीच “सुदूरपश्चिमको परिस्थिति, संगठन विस्तार र भूराजनीतिक सन्तुलनका आधारमा अबको नेतृत्व लेखराज भट्ट नै” भन्ने धारणा प्रबल बन्दै गएको छ।
भट्टलाई
सुदूरपश्चिमको राजनीतिक इतिहास,
आन्दोलन र संगठन निर्माणमा पुर्याएको योगदान,
भूराजनीतिक संवेदनशीलताको समझ
आधारमा केन्द्रिय भूमिकाका लागि अपरिहार्य व्यक्तित्वका रूपमा अगाडि सार्नुपर्ने आवाज मिडिया, सामाजिक सञ्जाल र प्रतिनिधिहरूबीच तीव्र रूपमा बढिरहेको छ।
पार्टी सचिवालय बैठकपछि सुदूरपश्चिमको प्रभाव झनै बलियो
ताजा सम्पन्न केन्द्रीय सचिवालय बैठकपछि पनि सुदूरपश्चिम प्रदेशको सशक्त उपस्थिति उजागर भएको बताइन्छ। च्यासलस्थित पार्टी कार्यालयमा देउडा गीत, सांस्कृतिक प्रस्तुतिहरू र प्रतिनिधिहरूको भावनात्मक एकताले “अबको नेतृत्व लेखराज” भन्ने सन्देशलाई अझ सुदृढ बनाएको सहभागीहरू बताउँछन्।
प्रतिनिधिहरू एकमत : “सुदूरपश्चिमको नेतृत्व अब लेखराज भट्ट”
महाधिवेशनमा सहभागी सुदूरपश्चिमका सबै प्रतिनिधिहरू समान धारणा लिएर आएका छन्—
प्रदेशकै मात्र होइन, केन्द्रीय नेतृत्वमा पनि लेखराज भट्टलाई अगाडि बढाउनुपर्छ।
यही साझा भावना, क्षेत्रीय सन्तुलनको आवश्यकता र संगठनको दीर्घकालीन रणनीतिसँग मिलेर अब सुदूरपश्चिम नेतृत्व महाधिवेशनको केन्द्रबिन्दु भइरहेका संकेत देखिएका छन्।
एमालेको ११औँ महाधिवेशन भोलिदेखि सुरु : सुदूरपश्चिम नेतृत्वका लागि लेखराज भट्ट सर्वसम्मत रूपमा अघि सारिने तयारी
प्रकाशित:
