एमालेमा पुरानै संगठनात्मक संरचनाः वरिष्ठ उपाध्यक्ष पद हटाइयो

प्रकाशित:

कञ्चनपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुरानै पार्टी कमिटी संरचनामा फर्किएको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै साविककै संगठनात्मक ढाँचालाई पुनः लागू गर्ने निर्णय गरेको हो। संशोधित व्यवस्थाअनुसार अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद भने रहने छैन।

संशोधनपछि केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको छ। पार्टी संरचनाअनुसार अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौ जना रहने व्यवस्था गरिएको छ। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ।

११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात गरी १५ सदस्यीय पदाधिकारी संरचना तय गरेको थियो। त्यतिबेला केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने व्यवस्था गरिएको थियो, जसलाई अब संशोधन गरी पुरानै ढाँचामा फर्काइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार