कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न

प्रकाशित:

  • कञ्चनपुर ।
  • जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय तहका नगर प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
  • बैठकमा सहभागीहरूले आ–आफ्ना धारणा राख्दै आफ्नो–आफ्नो पालिकामा देखिएका विपद् सम्बन्धी समस्या, जोखिमका अवस्था र न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। विशेषगरी बाढी, डुबान, आगलागी, चट्याङलगायत प्राकृतिक विपद्का कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको थियो।
  • यसै क्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र साझा प्रयासको आवश्यकता औंल्याउनुभयो। उहाँले सबै सरोकारवाला निकायबीच सहकार्य गर्दै जोखिम न्यूनीकरणका लागि समयमै योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, विपद्का बेला जनधनको क्षति न्यून गर्न स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो।
  • बैठकले आगामी दिनमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आवश्यक रणनीति तय गर्दै सहकार्यलाई मजबुत बनाउने निष्कर्ष निकालेको छ।

ताजा समाचार

सम्बन्धित समाचार