कपडा बैंक साहिलेले तिन वर्षको सफल यात्रा पूरा गर्‍यो

प्रकाशित:

कंचनपुर
बैतडी — “हुनेले दिने, नहुनेले लजाउन नपर्ने” भन्ने मूल उद्देश्यका साथ सुरु गरिएको कपडा बैंक साहिलेले सञ्चालनको  तीन वर्ष  सफलता पुर्ब  पूरा गरेको छ। समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध लक्ष्यसहित सुरु गरिएको यो अभियान आजसम्म आइपुग्नु सबैको सामूहिक प्रयासको परिणाम भएको कपडा बैंकले जनाएको छ।
यस अवसरमा कपडा बैंक साहिलेका सदस्य उद्धव सिंह मार्कण्डले विभिन्न संघ–संस्था, सहयोगी दाताहरू तथा व्यक्तिगत रूपमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले हजुरहरूको माया, सहयोग र प्रेरणाकै कारण यो सामाजिक अभियान निरन्तर रूपमा अघि बढ्न सफल भएको बताउनुभयो।
आगामी दिनहरूमा पनि यसैगरी सबैको माया, साथ र सहयोग प्राप्त भइरहनेछ भन्ने पूर्ण विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो। कपडा बैंकको सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सबै व्यक्ति, विभिन्न संघ–संस्था तथा सहयोगी दाताहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।

दशरथचन्द नगरपालिका वडा नं. ४, देवलहाट, बैतडीमा सञ्चालित कपडा बैंक साहिलेका संयोजक युवा समाजसेवी, मिलनसार तथा धार्मिक व्यक्तित्व महेश दन्त भट्टको नेतृत्वमा यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ। कपडा बैंक साहिलेले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “हुनेले दिने, नहुनेले लजाउन नपर्ने” भन्ने मूल उद्देश्यका सुरु गरिएको कपडा बैंक साहिलेले सञ्चालनको दुई वर्ष सफलतापूर्वक पूरा गरेको छ। समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यो अभियान आजसम्म आइपुग्नु सबैको सामूहिक प्रयासको परिणाम भएको कपडा बैंकले जनाएको छ।

यस अवसरमा कपडा बैंक साहिलेका सदस्य उद्धव सिंह मार्कण्डले विभिन्न संघ–संस्था, सहयोगी दाताहरू तथा व्यक्तिगत रूपमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले हजुरहरूको माया, सहयोग र प्रेरणाकै कारण यो सामाजिक अभियान निरन्तर रूपमा अघि बढ्न सफल भएको बताउनुभयो।
आगामी दिनहरूमा पनि यसैगरी सबैको माया, साथ र सहयोग प्राप्त भइरहनेछ भन्ने पूर्ण विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो। कपडा बैंकको सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सबै व्यक्ति, विभिन्न संघ–संस्था तथा सहयोगी दाताहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।
दशरथचन्द नगरपालिका वडा नं. ४, देवलहाट, बैतडीमा सञ्चालित कपडा बैंक साहिलेका संयोजक युवा समाजसेवी, मिलनसार तथा धार्मिक व्यक्तित्व महेश दन्त भट्टको नेतृत्वमा यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ। कपडा बैंक साहिलेले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार