कंचनपुर
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगदसहित सम्मानित भएको छ।
देशभरिका स्थानीय तहहरूमध्ये विपद् व्यवस्थापनमा प्रभावकारी र दीर्घकालीन प्रणाली विकास गरेको मूल्याङ्कनका आधारमा दोधाराचाँदनी नगरपालिका एकमात्र नगरपालिकाका रूपमा सम्मानका लागि छनोटमा परेको हो।


