कंचनपुर
विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट तथा नमुना कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगद राशिसहित सम्मानित भएको छ। देशभरिका स्थानीय तहहरूमध्ये विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र सूचनाप्रणालीको विकासमा उल्लेखनीय योगदान दिएको आधारमा दोधाराचाँदनी नगरपालिका सम्मानका लागि एकमात्र नगरपालिका रूपमा छनोट भएको हो।



