आठौं इन्डो–नेपाल ओपन तेक्वान्दो डोजाङ च्याम्पियनसीप २०२६ मा स्वर्ण सफलता हासिल गर्ने खेलाडीलाई दोधारा चाँदनी नगरपालिकाद्वारा सम्मान

प्रकाशित:

कंचनपुर ,माघ १४ गते
दोधारा चाँदनी नगरपालिकाका नागार्जुन तेक्वान्दो डोजाङका खेलाडीहरूले भारतमा सम्पन्न आठौं इन्डो–नेपाल ओपन तेक्वान्दो डोजाङ च्याम्पियनसीप २०२६ मा सहभागी भई स्वर्ण पदकसहित ठूलो ट्रफी हासिल गरी नगरपालिकालाई हस्तान्तरण गरेका छन्। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गौरवपूर्ण सफलता प्राप्त गर्ने खेलाडीहरूलाई डोजाङका गुरु अर्जुन तिरुवाको नेतृत्वमा नगरपालिकामा उपस्थित गराई विशेष कार्यक्रमका बीच खादा लगाई बधाई तथा सम्मान गरिएको हो।


नगरपालिकाले खेलाडी भाइबहिनीहरूको मेहनत, अनुशासन र सफलताको उच्च प्रशंसा गर्दै विगतमा जस्तै सानो आर्थिक सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।  यस सफलताले नगरपालिकाको खेलकुद प्रतिष्ठा उच्च बनाउनुका साथै आगामी पुस्तालाई खेलकुदतर्फ प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार