वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न बैजनाथ माध्यमिक विद्यालय जडेपानी बन्यो नगर विजेता

प्रकाशित:

कंचनपुर
वेदकोट नगरपालिकाको आयोजनामा वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिता वेदकोट नगर प्रमुख भोजराज बोहरा को प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष  प्रजापति भट्ट   सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका उप–प्रमुख  तुलसी जोशी  नगर प्रवक्ता  चित्रदेव भट्ट  शिक्षा शाखा प्रमुख  पदमराज भट्ट, वडा अध्यक्षहरु   कार्यपालिकाका    सदस्यज्यूहरू, शिक्षकहरू, अभिभावक , पत्रकारहरू, विभिन्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष    तथा सहभागी विद्यालयका विद्यार्थी  उल्लेखनीय उपस्थिति रहेको थियो। 

विभिन्न खेलकुद विधामा भएको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय, जडेपानीले समग्र प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ।  

कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष   प्रबिन बोगटी   गर्नुभएको थियो।
यसै अवसरमा आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यसै विद्यालयमा आयोजना हुने जानकारी गराइएको छ।
प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, विद्यालयहरू, शिक्षक, विद्यार्थी तथा सहयोगी सबैलाई आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार