मालिकार्जुन धाममा आजदेखि शिवपुराण महायज्ञ, सम्पूर्ण तयारी पूरा

प्रकाशित:

कंचनपुर  माघ २२
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज माघ २२ गतेदेखि शिवपुराण महायज्ञ सुरु भएको छ। महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुने शिवपुराण महायज्ञ समितिले जनाएको छ


समितिका अनुसार महायज्ञ सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

यस राष्ट्रिय धाममा आयोजना हुन लागेको शिवपुराण महायज्ञले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।


महायज्ञ अवधिभर शिवपुराण वाचन, भजन–कीर्तन, धार्मिक प्रवचन तथा विविध धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्। साथै, महायज्ञलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वयंसेवक तथा भक्तजनहरूको सक्रिय सहभागिता रहने समितिले जानकारी दिएको छ।
आयोजक समितिले धार्मिक आस्थाका साथ सक्दो सहयोग गरी पुण्य आर्जन गर्न तथा शिवपुराण महायज्ञमा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार