बेलडाँडीका उपाध्यक्ष नाथलाई सफाई

प्रकाशित:

कंचनपुर  फागुन ५ गते
महेन्द्रनगर । विशेष अदालतले कन्चनपुरको बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथलाई सफाइ दिएको छ

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले सोमबार सफाई दिएको हो ।

झुठो विवरण पेश गरि भ्रष्टाचार गरेको भन्ने आरोप पुष्टि हुने आधार नभेटिएपछी उपाध्यक्ष नाथ सहित प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी ,इन्जिनियर जय कुवर र प्राविधिक तेज बहादुर सुनारलाई अदालतले सफाई दिएको हो ।

उनिहरुविरुद्ध झुठा विवरण पेश गरि बैंक कर्जा प्राप्तिको लागि विवरण पेश गरि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको खुल्नमा आएको हो । विषेश अदालतबाट सफाइ पाए संगै उपाध्यक्षमा शान्ती नाथ पुनर्बहाली भएको छ । गत मंसिर २५ गते उपाध्यक्ष सहित चार जना विरुद्ध झुटा विवरण पेश गरेर मुद्दा दायर गरिएपछि उनिहरु निलम्बनमा परेका थिए

ताजा समाचार

सम्बन्धित समाचार