विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ —

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी श्रीमती यशोदाले श्रीमान्को हत्या गरेको स्वीकार गरेकी छन्।
गत सोमबार बिहान लीलाराम आफ्नै घरमा घाँटीमा चक्कु प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धानका क्रममा उनकी ३५ वर्षीया श्रीमती यशोदालाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार प्रारम्भिक बयानमा यशोदाले आपसी विवादका क्रममा श्रीमान्को हत्या गरेको स्वीकार गरेकी हुन्।
प्रहरीका अनुसार आइतबार रातिदेखि नै श्रीमान्–श्रीमतीबीच विवाद सुरु भएको थियो। राति सँगै सुतेका उनीहरूबीच सोमबार बिहान पुनः चर्को विवाद भएपछि यशोदाले चक्कु प्रहार गरेको बयान दिएकी छन्। त्यसपछि उनले इलाका प्रहरी कार्यालयमा श्रीमान् मृत अवस्थामा रहेको जानकारी गराएकी थिइन्।
लीलाराम र यशोदाको विवाह भएको करिब दुई दशक भएको थियो। केही वर्षपछि रोजगारीका लागि भारत गएका लीलाराम लामो समय सम्पर्कविहीन भएपछि यशोदाले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। अदालतले पछि सम्बन्धविच्छेद गराउँदै अंशबन्डा समेत गरिदिएको प्रहरीले जनाएको छ।
भारतमा सवारी दुर्घटनामा परेर अस्वस्थ बनेपछि लीलाराम घर फर्किएका थिए। कानुनी रूपमा सम्बन्धविच्छेद भए पनि छोरीको आग्रहपछि पछिल्ला तीन वर्षदेखि दुवै जना पुनः एउटै घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार यशोदाले बयानमा लीलारामले मदिरा सेवन गरेर पटक–पटक दुःख दिने गरेको उल्लेख गरेकी छन्। घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतककी छोरीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

[adsforwp id="2728"]
[adsforwp id="2730"]
[adsforwp id="2732"]
[adsforwp id="2734"]

छुटाउनुभयो कि ?

वर्षाले छेक्न नसकेको क्रिकेट जोश—कञ्चनपुरमा खेलाडीहरूको शानदार प्रदर्शनले मैदान ततायो!

कञ्चनपुर जेष्ठ २९ गते हेमा भट्ट, कञ्चनपुर- श्री होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा कञ्चनपुर क्रिकेट संघद्वारा आयोज...

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

  हेमा भट्ट कञ्चनपुर, ०८ जेठ - भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार स...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज