भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५
कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबार(भोली)देखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतिकुल मौषमका कारण शुक्रबार उद्घाटन हुने प्रतियोगितामा अब शनिबारदेखि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । होलीफेम्ली ईङलिश मिडियम स्कुलका संचालक भुपाल सिह विष्टले विद्यालयकै खेलकुद मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।
विष्टका अनुसार भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ सहितका सरोकारवाला निकायको समन्वय, सहयोग, सहकार्यमा नगरपालिका मावि स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । भीमदत्त नगरपालिका भित्रकै माध्यामिक तहका विद्यालयविच प्रतिस्पर्धा हुनेछ ।
विद्यार्थीहरुमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ्य जिपनशैली सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाईचारा, सहकार्य एव प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । आगामी दिनमा प्रतियोगिता थप स्तरिय बनाउने विष्टको सकल्प छ । होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रशाद भट्टले कञ्चनपुर जिल्लामै क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘क्रिकेट खेलकुदको बृद्धि विकास गरेर खेलाडी उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो, ‘उनले भने, ‘विद्यालय स्तरबाटै क्रिकेटका खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुनेछ ।’
होलीफेम्ली स्र्पोट र एकेडेमीले समेत थुप्रै क्रिकेटका खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान बनाउन सफल भएको बताउँदै थप नगर जिल्लामै खेलाडीको बृद्धि विकासका लागि उक्त कार्यक्रम संचालन गरिएको बताए । प्रतियोगिता लिग नकआवटका आधारमा संचालित हुनेछन । प्रतियोगितामा नगरका १८टिमविच प्रतिस्पर्धा गराईनेछ । निःशुल्क टिम दर्ताका साथै सबै प्रतियोगिता आईसीसी तथा क्यानको नियम अनुरुप खेलाईनेछ ।

प्रतियोगिता विजेता टिमलाई नगद ५१ हजार, १सय ११, उपविजेता टिमलाई नगद ३१ हजार, १सय ११रुपैया सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिनेछ । हरेक प्रतियोगितामा मेन अफ द मेचका साथमा ट्रफि प्रदान गरिनेछ । बेष्ट ब्याटसेन ट्रफि सहित २५सय, बेष्ट बलर ट्रफि सहित २५सय, बेष्ट फिल्डर ट्रफि सहित २५सय, मेनअफ द सिरिज ट्रफि सहित ३ हजार, उदयमान खेलाडी र मेद अफ द मेचलाई ट्रफि सहित नगद १५सयका दरले पुरस्कार प्रदान गरिनेछ । हरेक खेलाडीको उमेर १९ं बर्षमुनी हुनुपर्ने तोकिएको छ ।

 

 

प्रतिस्पर्धी टिमहरुलाई चार समुहमा विभाजन गरेर खेल संचालन गरिनेछन । होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक प्रिन्सिपल हरिस ठगुन्नाले नगरकै विद्यालयका विद्यार्थीविच अन्तर प्रतिस्पर्धात्मक भावनाको विकास हुने बताए । प्रतियोगिताले प्रतिभावना खेलाडीको पहिचानदेखि सकारात्मक सोच विचार उत्पन्न हुने भएकाले समुदाय र विद्यालयविच प्रतिस्पर्धा हुनेछ । सहायक प्रिन्सिपल ठगुन्नाले विद्यालयकै क्रिकेट एकेडेमीका ९ प्रशिक्षार्थी खेलाडी जिल्लाकै क्रिकेट संघको टिममा सहभागि भएर प्रदेशस्तरिय प्रतियोगितामा सहभागि भएको बताए । उनका अनुसार होलीफेम्लीकै विद्यार्थी थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा क्रिकेट प्रतियोगिता खेलिसकेका छन ।

कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सोनारले विद्यालयबाटै हुने मावि स्तरिय क्रिकेट प्रतियोगिताले थप क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयबाटै पहिलो पटक मावि स्तरिय प्रतियोगिता संचालन हुन लागेको बताए । शिक्षा शाखा प्रमुख जोशीले पालिका सहित विद्यालयले पहिलो पटक अन्तर मावि स्तरिय प्रतियोगिताले खेलकुदका साथै थुप्रै क्षेत्रमा आयाम थप्ने बताए । बिहान भीमदत्त नगरका उपमेयर निलम लेखकले उद्घाटन गरे लगत्तै प्रतियोगिता संचालन हुनेछन । नगरभरीकै विद्यालयका टिमटिम हुने क्रिकेट प्रतियोगिता अवलोकनका लागि स्थानीय क्रिकेटका पारखीलाई सहज सुविधा भएको छ ।

प्रतिक्रिया

[adsforwp id="2728"]
[adsforwp id="2730"]
[adsforwp id="2732"]
[adsforwp id="2734"]

छुटाउनुभयो कि ?

वर्षाले छेक्न नसकेको क्रिकेट जोश—कञ्चनपुरमा खेलाडीहरूको शानदार प्रदर्शनले मैदान ततायो!

कञ्चनपुर जेष्ठ २९ गते हेमा भट्ट, कञ्चनपुर- श्री होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा कञ्चनपुर क्रिकेट संघद्वारा आयोज...

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

  हेमा भट्ट कञ्चनपुर, ०८ जेठ - भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार स...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज