दैजीमा दुर्घटना १३ जना घाइते

प्रकाशित:

कञ्चनपुर, जेठ २५ गते

कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्

यस्तै सामान्य घाइते हुनेहरूमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६१ वर्षीया सरस्वती देवी कुँवर, धनगढी–६ हसनपुरका ५५ वर्षीय विष्णु सिंह, उत्तरबेहडीकी १७ वर्षीया आंशिका कुँवर र १६ वर्षीया पुष्पा बोहरा, दार्चुलाको महाकाली नगरपालिका–१ फापरीका ६० वर्षीय गजेन्द्र सिंह कुँवर र ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडमकी ५५ वर्षीया ईश्वरी देवी भुल, २२ वर्षीय सुनील भुल तथा अजयमेरु गाउँपालिका–६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त रहेका छन्।
दुर्घटनालगत्तै प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। सबै घाइतेलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका बेला हायसमा चालकसहित १७ जना सवार थिए। हायस चालक बेदकोट नगरपालिका–९ सुन्दरपुरका २८ वर्षीय हेम जोशीलाई नियन्त्रणमा लिइएको छ।
दुर्घटनाग्रस्त हायस घटनास्थलमै रहेको तथा महेन्द्र राजमार्गमा यातायात सञ्चालन सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार