कञ्चनपुर जेठ २६ गते
हेमा भट्ट,
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिकेटमय बनेको छ। मिति २०८३ जेठ २५ गतेदेखि सुरु भएको होली फेम्ली अन्तरविद्यालय क्रिक

पहिले ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १४७ रनको आकर्षक योगफल तयार गरेको थियो। टोलीका लागि शुभम खड्काले ३२ बलमा शानदार ५० रन बनाउँदै अर्धशतक पूरा गरे। त्यस्तै मनीष ठगुन्नाले ३७ बलमा ४८ रन जोड्दै टोलीको इनिङ्सलाई मजबुत बनाए।

:तेस्रो खेलमा श्री महाकाली सेकेन्ड्री स्कुलले मर्निङ्ग ग्लोरी स्कुललाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाएको छ। पहिले ब्याटिङ गरेको मर्निङ्ग ग्लोरी ९.३ ओभरमा ६९ रनमै समेटिएको थियो। टोलीका लागि लोकेश सिंह पालले १२ रन बनाएका थिए।


७० रनको लक्ष्य पछ्याएको श्री महाकालीले ९.३ ओभरमा ६ विकेट गुमाउँदै ७१ रन बनाएर जित हात पार्यो। टोलीका लागि प्रिसियस मलले १७ बलमा ३१ रनको आकर्षक इनिङ्स खेल्दै जित सुनिश्चित गरे। मर्निङ्ग ग्लोरीका लोकेश पाल, भेकर भट्ट र शंकर भट्टले बलिङमा राम्रो प्रयास गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

स्थानीय स्तरमै यस्ता प्रतियोगिता आयोजना हुनुले ग्रामीण तथा शहरी क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिलेको छ। क्रिकेटप्रति बढ्दो आकर्षणसँगै कञ्चनपुरमा भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।
होली फेम्ली अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपले खेलकुदमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउनुका साथै कञ्चनपुरको क्रिकेट क्षेत्रलाई नयाँ उचाइतर्फ अघि बढाउने विश्वास गरिएको छ। प्रतियोगिताका आगामी खेलहरू अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

