बेदकोट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३९० घण्टे सीपमूलक तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

प्रकाशित:

अङ्कित रोकाया
कञ्चनपुर असार ३०
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कफी बारिस्ता तथा रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन विषयक ३९० कार्यघण्टा अवधिको सीपमूलक तालिमको समापन समारोह आदरणीय बेदकोट नगर प्रमुख  भोजराज बोहरा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।


समापन कार्यक्रममा होटल व्यवसाय संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  हरि दत्त शं भट्ट, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, रोजगार शाखा प्रमुख तथा विभिन्न शाखाका प्रमुख कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

सहभागीहरूलाई प्राप्त सीपले स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै नगर प्रमुखले आगामी दिनमा पनि सीपमूलक तथा रोजगारमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

ताजा समाचार

सम्बन्धित समाचार