४९८.४ वर्ग किलोमिटर क्षेत्रफलमा बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

प्रकाशित:

कञ्चनपुर साउन २७ गते

धर्मा रोकाया

सुदूरपश्चिमका प्रसिद्ध बडिमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर ४९८.४ वर्ग किलोमिटर क्षेत्रफलको बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको छ।

संरक्षण क्षेत्रअन्तर्गत बाजुरा र अछाम जिल्लाका विभिन्न स्थानीय तहका केही वडाहरू समेटिएका छन्। बाजुराको बडिमालिका नगरपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिकाका वडा नं. ५, ६, ७ र ९ यस क्षेत्रमा परेका छन्। 
त्यस्तै, अछामको मेल्लेख गाउँपालिकाका वडा नं. १ र २ तथा रामारोशन गाउँपालिकाका वडा नं. ४, ५ र ६ लाई समेत वन संरक्षण क्षेत्रभित्र समेटिएको छ। 
वन, जैविक विविधता तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बडिमालिका र रामारोशनको महत्वपूर्ण भू–भागलाई एकीकृत गर्दै संरक्षण क्षेत्र घोषणा गरिएको हो।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बडिमालिका–रामारोशन क्षेत्रलाई समेटेर ४९८.४ वर्ग किलोमिटर क्षेत्रफल वन संरक्षण क्षेत्र घोषणा गरिएको जानकारी दिनुभएको छ। संरक्षण क्षेत्र घोषणाले यस क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार