Advertisement

प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

Advertisement

महेन्द्रनगर – कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित प्राचिन सिद्धनाथ मन्दिरको अध्यक्षमा १७औ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचनबाट नायक पाँचौँ पटक निर्वाचित भएका हुन । नायक आप्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खडकालाई १२०मतान्तरले पाखा लगाउदै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक निर्वाचनबाट निर्वाचित भएका थिए ।
उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका थिए ।

सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका हुन । महताले ३४७, योगीले २४८ र अर्का प्रतिस्पर्धी मोतिसिह बुढाले १२८मत ल्याएका छन ।

त्यसैगरी कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन । पालले आफ्ना निकटतम प्रतिस्पर्धी किशन नाथलाई १४४मतअन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका हुन । पालले ४२९ प्राप्त गर्दा नाथले २८५मत पाएका हुन् ।

सह सचिवमा राधा महता भाट निर्वाचित भएकी छिन । राधाले करन सिह कार्कीलाई १९९मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन । राधाले ४४६ र करनले २४७मत ल्याएका हुन ।

सदस्यहरु तर्फ ईन्द्र सिह धामी ४८२, उमा भण्डारी ४०७, दल बहादुर रोक्का मगर ४५७, निर्मला जोशी(पाल) ४८४, प्रेम सिह नायक ३६ र शंकर विष्टले ४६७ मत ल्याएका छन ।

कुल ९सय २८ मतदाता मध्ये ७६६मत खसेका थिए । स्थानीय समाजसेवी एव नेपाली काँग्रेस नेता समेत रहेका नायकले जिल्लाको उत्तरी सिरानीमै रहेको सिद्धनाथ मन्दिरको बृद्धि विकासको योजना अघि सारेका छन ।

पाँचौ पटक मन्दिर विकास समितिमा निर्वाचित नायकले आफु विगतदेखि मन्दिरको बृद्धि विकास एव धार्मिक पर्यटनका लागि थुप्रै कामकाज गर्दै आएको र फेरी पनि गर्ने बताएका छन । उनले तत्काल पूर्णागिरी मेलालाई थप व्यवस्थीत गर्दै ब्रमदेव मन्दिरलाई जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘पूर्णागिरी मेला थप व्यवस्थित पार्छु, ‘उनले भने, ‘जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउँछु, यस क्षेत्रको धार्मिक पर्यटकीय दृष्टिकोणबाट आर्थिक,समाजिक गतिबिधी अघि बढाउँछु ।’

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज