Advertisement

एनएनएसडब्ल्यूए(को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती भब्यताका साथ सम्पन्न

Advertisement

महेन्द्रनगर–नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सम्पन्न भएको छ । शनिबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै एनएनएसडब्ल्यूएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले सन् १९९० मा कञ्चनजङ्घा साँस्कृतिक समूहको नामले गठन भएको संस्थाले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट दलित समूदायका गरिब तथा जेहेनदार बालिबालिकाहरूलाई छात्रवृत्ति तथा आपत(विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गरेर सामाजिक कार्यको सुभारम्भ गरेको स्मरण गर्नुभयो। उहाँले संस्था अहिले समतामूलक समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशमा अग्रणी संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। कार्यकारी निर्देशक जैरूले विभिन्न आरोह(अवरोह साथै चुनौतीहरूको सामना गर्दै समाज रूपान्तरणका लागि ३५ वर्ष समर्पित गर्ने यो महत्त्वपूर्ण यात्रामा प्रत्यक्ष(अप्रत्यक्ष रूपमा सहयोग तथा सहकार्य गर्ने सम्पूर्ण दातृ निकाय, स्थानीय सरकार, समूदाय र सरोकारवाला निकायहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिँह थापाले जातीय विभेदमा पारेका समुदाय, अपाङ्गता भएका व्यक्ति, पछाडी परेका समुदाय, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गरि संस्थाले समाज रूपान्तरणमा महत्त्वपूर्ण ३५ वर्ष समर्पित गरेको बताउनुभयो। मन्त्री थापाले संस्थाको आगामी योजनामा सहयोग गर्न प्रदेश सरकार सधै तत्पर रहने प्रतिवद्धता व्यक्त गर्दै संस्थाको आगामी आत्राको सफलताको कामना गर्नुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य बेलबहादुर राना मगर र पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले समाज रूपान्तरणमा संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी यात्राको सफलताको कामना गर्नुभएको थियो। कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सरकारले गर्न नसकेको काम एनएनएसडब्ल्यूएले गरेको बताउनुभयो। उहाँले दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापनको क्षेत्रमा संस्थाले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।
पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीले कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेको थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना, नेपाली काँग्रेस कञ्चनपुरका उपसचिव नाफुसिँह साउँद, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका अध्यक्ष गिरिराज शर्मा, संस्थाको कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेश सिंह धामी, बरिष्ठ पत्रकार चित्राङ्ग थापाकासाथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारीहरूले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य समेटी तयार पारिएको स्वागत गीत प्रस्तुत गरेका थिए। साथै संस्थाको स्थापनाकाल देखिको घटनाक्रम समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज