कञ्चनपुर । आर्थिक अभावमा सुदूरपश्चिम प्रदेश दार्चुलाका एक युवा संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महाकाली नगरपालिका २पण्डोराका जमन सिह कार्की संकटमा परेका हुन ।

कार्की चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन । कञ्चनपुर महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका कार्की हाल बुटबल बस्दै आएका छन । उनी क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन ।
दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन ।

क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उनको उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए । ‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा लाग्ने भनिएको छ, कहाँबाट ल्याएर उपचार गर्ने संकटमा छौँ ।’ आर्थिक अभावमा उपचार नहुने भएपछि कार्की संकटमा परेपछि कार्की परिवारले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।