×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

मन्त्र अस्पतालद्वारा पहिलो पटक मेरुदण्डको सफल अप्रेसन

धर्मा कुमारी रोकाया, कञ्चनपुर, कञ्चनपुरको एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल सल्यक्रिया (अप्रेसन) गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो ।
मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पताल स्थापनाको पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए ।
डा.रोकायाका अनुसार ९ जेठ ०८२मा बुटबलदेखि महेन्द्रनगर आउने क्रममा सवारी साधन(बस) दुर्घटनामा परेर घाईते भएका बेदकोट नगरपालिका १का ३१ बर्षिया धिरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो ।

घाईते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए । खत्रीको हालै अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामी लगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेका छन ।

स्थानीय स्तरमै रहेको अस्पतालमा सफल अप्रेसन गरेपछि खत्री परिवार समेत हर्षित भएका छन । कम खर्च, स्थानीय अस्पतालमै उपचार भएपछि घाईते खत्री परिवार हर्षित भएका हुन । घाईते खत्रीलाई केही दिन चिकित्सककै निगरानीमा उपचार गर्नुपर्ने भएकाले मन्त्र अस्पतालमै राखिएको छ । यस अघि पनि अस्पतालले जटिल जटिल प्रकृतिका बिरामीको अप्रेसनबिधीबाट उपचार गरेको थियो । यसका साथै समाजिक उत्तरदायित्व अन्र्तरगत निःशुल्क शिबिरदेखिका स्वास्थ्य उपचारका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज