Advertisement

महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

Advertisement

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए ।

‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने । उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । ‘विद्यालयको चौतर्फी विकासमा अहोरात्र खटेर उत्कृष्ट कार्य गरी विद्यालयलाई यस स्थानमा पुर्याउनुहुने विद्यालय व्यवस्थापन समितिका साथीहरू, पिटिए, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, सबै तह र समूहका संयोजक, सह संयोजक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समर्पित अभिभावक ज्यूहरू, लगनशील विद्यार्थीहरू लगायत सरोकारवाला सबैलाई हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछु’ उनले भनेका छन्, ‘साथै विद्यालयको मूल्याङ्कन गरी उत्कृष्ट पुरस्कार आयोजना गरेर थप हौसला बढाउने पान परिवारप्रति हार्दिक आभार ।’

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था पाननले महेन्द्रनगर माविलाई सुदूरपश्चिम क्षेत्रमा उत्कृष्ठ विद्यालय छनौट गरी पोखरामा पुरस्कार प्रदान गरेको हो । महेन्द्रनगर मावि सुदूरपश्चिमा सबैभन्दा बढी विद्यार्थी अध्ययन गराउने विद्यालयमा पर्छ । विद्यालयमा हाल झण्डै साढे तीन हजार हजार विद्यार्थी अध्ययनरत छन् ।

मन्त्री पन्तको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम राखिएको छ । कार्यक्रमको अध्यक्षता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अमर बहादुर थापाले गरे ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज