×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुदै

महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस महेन्द्रनगरमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । केन्द्रिय क्यम्पसको आयोजना तथा भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो ।

उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले बताउनुभयो । उनका अनुसार सम्मेलनमा २ कीनोट स्पीच, थिमेटिक स्पीच ७, प्लिनरी सेसन २, मौखिक प्रस्तुतिकरण १११ र पोष्टर प्रस्तुतिकरण ७ वटा गरी विभिन्न देशका एक सय १७ जनाले अनलाईन र अफलाईन आफ्ना रिसर्चहरु प्रस्तुतिकरण गर्ने डा. देउपाले बताए । उहाँले अन्तराष्ट्रिय सम्मेलनको उदेश्य बर्तमानमा अनुसन्धाका क्षेत्रमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका रिजल्टहरुको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिहरुको प्रमोट गर्ने रहेको बताउनुभयो ।

विभिन्न क्षेत्रबाट आएका पस्तुतिहरुलाई रिभ्यिू गर्ने र फाईलाईज गर्ने कार्यहरु सकिएको अन्तराष्ट्रिय सम्मेलनका कोकन्वेनर गम्भीर बहादुर चन्दले ताउनुभयो । केन्द्रिय क्याम्पसले पहिलोपटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्कालन नदेखिएता पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा बृद्धिविकास हुने विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा मानविकि तथा सामाजिकशास्त्र विभागमा कार्यरत कार्यरत प्रा. दिपकचन्द्र भट्टले बताउनुभयो ।
विद्यार्थीहरुलाई अनुसन्धानसंग जोड्नका लागि सम्मेलनको आयोजना गरीएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगिसंस्थाहरुबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थव्यवस्थापन संयोजक एवं उप प्राध्यापक कर्णदेव भट्टले बताउनुभयो ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भईरहेको र सबै समितिहरुले आआफ्नो काम गरीसकेको क्याम्पसका प्रिन्सिपल एवं अन्तराष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताउनुभयो । सम्मेलनमा प्राध्यापकहरु, विज्ञहरु शिक्षाविदहरु, अनुसन्धानकर्ताहरु र विद्यार्थीहरु गरी २ सय ५० जनाको सहभागिता रहनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज