
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस महेन्द्रनगरमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । केन्द्रिय क्यम्पसको आयोजना तथा भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो ।

उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले बताउनुभयो । उनका अनुसार सम्मेलनमा २ कीनोट स्पीच, थिमेटिक स्पीच ७, प्लिनरी सेसन २, मौखिक प्रस्तुतिकरण १११ र पोष्टर प्रस्तुतिकरण ७ वटा गरी विभिन्न देशका एक सय १७ जनाले अनलाईन र अफलाईन आफ्ना रिसर्चहरु प्रस्तुतिकरण गर्ने डा. देउपाले बताए । उहाँले अन्तराष्ट्रिय सम्मेलनको उदेश्य बर्तमानमा अनुसन्धाका क्षेत्रमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका रिजल्टहरुको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिहरुको प्रमोट गर्ने रहेको बताउनुभयो ।

विभिन्न क्षेत्रबाट आएका पस्तुतिहरुलाई रिभ्यिू गर्ने र फाईलाईज गर्ने कार्यहरु सकिएको अन्तराष्ट्रिय सम्मेलनका कोकन्वेनर गम्भीर बहादुर चन्दले ताउनुभयो । केन्द्रिय क्याम्पसले पहिलोपटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्कालन नदेखिएता पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा बृद्धिविकास हुने विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा मानविकि तथा सामाजिकशास्त्र विभागमा कार्यरत कार्यरत प्रा. दिपकचन्द्र भट्टले बताउनुभयो ।
विद्यार्थीहरुलाई अनुसन्धानसंग जोड्नका लागि सम्मेलनको आयोजना गरीएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगिसंस्थाहरुबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थव्यवस्थापन संयोजक एवं उप प्राध्यापक कर्णदेव भट्टले बताउनुभयो ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भईरहेको र सबै समितिहरुले आआफ्नो काम गरीसकेको क्याम्पसका प्रिन्सिपल एवं अन्तराष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताउनुभयो । सम्मेलनमा प्राध्यापकहरु, विज्ञहरु शिक्षाविदहरु, अनुसन्धानकर्ताहरु र विद्यार्थीहरु गरी २ सय ५० जनाको सहभागिता रहनेछ ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।