Advertisement

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

Advertisement

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् ।

स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो ।

पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् ।

पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । पञ्चेश्वरवासीले स्वास्थ्य सेवाका लागि डडेल्धुरा, धनगढीका साथै भारतको पिथौरागडसम्म जानुपर्ने बाध्यता रहेकोमा घरआँगनमै सेवा लिन सकून् भनेर शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

 

शिविरमा मुटु, छाती, सुगर, प्रेसर, कलेजो, थाइराइड रोग, हाडजोर्नी तथा नशारोग, कम्मर, घुडा, हातखुट्टा सुन्निने, दुख्ने, झम्झमाउने सम्बन्धी उपचार, महिला, स्त्री तथा प्रसूति रोग, महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्या लगायतमा स्वास्थ परामर्शका साथै नि:शुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा स्वस्तिक अस्पतालका विशेषज्ञ चिकित्सक वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. सुनिल पाण्डे, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. इन्द्रबहादुर शाह, स्त्री, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव तथा मेडिकल अधिकृत डा. मनोजकुमार भट्ट र डा. सुरेन्द्र लिम्बुले स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए ।

 

 

शिविर समापनमा गाउँपालिका अध्यक्ष चन्दले विकासको दृष्टिकोणले पञ्चेश्वरमा विशेष चिकित्सकसहितको स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा स्वास्थ्य जाँच गर्ने उपकरण सहितको सेवा दिनुपर्ने बताए । शिविरमा सेवा लिएका बिरामीले त्यहाँको पर्चा लिएर आएमा १ महिनासम्म ओपीडी (विशेषज्ञ डाक्टर परामर्श) शुल्क नलाग्ने र अन्य उपचारमा छुट सुविधा रहेको अस्पतालका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज